
काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा)ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालका पाँच राजनीतिक दललाई निम्तो दिएको छ।भाजपाले नेपालसहितका विभिन्न १० देशका अन्य १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि निम्तो पठाएको छ।
भाजपाका विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवाद्धारा बुधबार जारी विज्ञप्तिमा नेपालका प्रमुख दल नेपाली काँग्रेस,सत्तारुढ दल नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाइएको हो।त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने विज्ञप्तीमा उल्लेख छ।
साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवसँग पनि प्रतिनिधिहरूले अन्तरक्रिया गर्ने कार्यक्रम तय भैसकेको जनाइएको छ।विज्ञप्तीमा कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी,भियतनामको कम्युनिस्ट पार्टी,बंगलादेशको अवामी लीग,इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरू सामेल हुने उल्लेख गरिएको छ।
