
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्काशन गर्ने भएको छ।आइतबार बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैदेशिक रोजगारीमा संलग्न नेपाली वा निजको परिवारको सदस्य तथा गैरआवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन्।वार्षिक ९ प्रतिशत ब्याजदर रहने सो बचतपत्रको अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्रको व्यवस्था गरिएको जनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ–
“यो बचतपत्र मुलुकबाहिर रोजगारीमा सङ्लग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य÷बुबा,आमा,श्रीमान्,श्रीमती, छोराछोरी मात्रको नाममा खरिद गर्न सकिनेछ”।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ। जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ।यो जेठ २९ गते निष्काशन हुँदैछ।
