
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको बताए ।गुमेका ती भूभागलाई फिर्ता ल्याउने गरी काम गर्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने उनको भनाई छ।
जनतामा निराशा पैदा भएको भन्दै उनले आशा जगाउनका लागि एकजुटको मनस्थिति बनाएर जनतालाई खासगरि युवाहरुरलाई नयाँ सपनाको खोजी तर्फ उन्मुख गराउनु पर्ने बताए ।
