
काठमाडौं ।काठमाडौंबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण गरेको छ । सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।
कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘धन्यवाद क्याप्टेन लबिस चन्द,प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जीवन त दिनुभयो नि।’

सोमबार साँझ राजधानीसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।
हिजोआज खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । सो आकस्मिक अवतरणबारे थप विवरण प्राप्त भइसकेको छैन। हाज क्याप्टेन लबिस चन्दले उडाएका थिए।
