
ललितपुर ।आगामी जुलाईमा फ्रान्समा आयोजना हुने ३३ औँ गृष्मकालीन ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
पेरिस ओलम्पिकको छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो।
नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश,माल्दिभ्स,पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका खेलाडी सहभागी हुने छ ।
उनले ती ५ वटै देशबाट २-२ पुरुष र २-२ महिला गरी २० खेलाडीको सहभागिता रहने बताएका छन्।
