तीनकुनेको किराना स्टोरमा आगलागी

काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ११ बजेर ३० मिनेटमा सुरु भएको आगो नियन्त्रण गर्न विभिन्न स्थानबाट दमकल आएको थियो । एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आइसकेको छैन ।

बानेश्वर प्रहरी वृतका डीएसपी रमेशकुमार तामाङले पौने घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताए । उनले आगो नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग भएको  पनि जानकारी दिए ।