यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं।सरकारले भारत,अमेरिका,कतार,बेलायत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया,स्पेन,पोर्चुगल,डेनमार्क र इजरायलका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस प्रकारको निर्णय गरेको हो।त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने निर्णय भएको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् ।

त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क निर्माण,मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा थप संरचना निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई  नियुक्त गर्ने,जनस्वास्थ्य सेवा ऐन,२०७५ को दफा ४९ को उपदफा १ बमोजिम संलग्न सूची बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगमा सूचीकृत गर्ने निर्णसमेत गरेको बताइन्।

यसैगरि सरकारले जीवनाषक विषादी सम्बन्धी नियमावली पारित गरेको छ ।भने ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत पनि गरेको छ।