काठमाडौं।हाल देशमा स्थानीय तथा पश्चिमि वायुको प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
आज बागमती,गण्डकी र कोशी प्रदेशका केही स्थानहरु तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने,हावाहावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ।
भोलि आइतबार पनि आज शनिबारको जस्तै मौसम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
