नेपाल भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भत्रिएिको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भत्रिने सरदर मति जुन १३ हो । यो वर्षको मनसुन सरदर मतिभिन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ । नेपालको अन्य भू( भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने  देखिएको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।