
सीता पौडेल (अर्चना)
काठमाडौं।नेकपा (एमाले) काठमाडौंको बबरमहल स्थित कार्की बैंकक्वेटमा दुई दिनदेखि जारी बन्दसत्रमा नेतृत्व चयनका लागि भएको चुनावी प्रकृया अन्तर्गत अध्यक्ष पदका लागि दुई जना उम्मेदवार आकांक्षी देखिएका छन्।
अधिवेशनमा सहभागि एक प्रतिनिधिका अनुसार अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष दिपक निरौला र काठमाडौं महानगर कमिटिका निवर्तमान अध्यक्ष निर्मल देउला दुबै जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन मण्डलले प्रकाशन गरेको निर्वाचन कार्यक्रमको तालिकानुसार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म पदाधिकारीहरु सहित विभिन्न क्लस्टरबाट सदस्यहरुको उम्मेदवारी दर्ता गरेर दुई घण्टा पश्चात अहिले दिउँसो २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।
यसबाहेक उपाध्यक्षमा जिल्ला कमिटि सचिवालय सदस्य विश्वराम सापकोटा,निवर्तमान उपाध्यक्ष नमराज पराजुली,नवराज भट्ट र बिदुर बिक्रम खड्का गरि ४ जना आकांक्षी देखिएका छन्।त्यस्तै सचिव पदका लागि वर्तमान सचिव राजेश शाक्य र टोखा नगर कमिटि अध्यक्ष सत्यमान डंगोल आकांक्षी देखिएका छन्।
भने,उद्धव भण्डारी,बिन्दु मर्हजन,गुन्जमान सींह बस्नेत र तारा भण्डारी गरि ४ जना उप–सचिव पदका आकांक्षी देखिएका छन।
अधिवेशनमा २ बजेदेखि ३ बजेसम्मको समयलाई उम्मेदवारको विरोधमा उजुरी दिने समय तकिएको छ।र,यसपछि पाँच बजे अघिको समयमा उजुरी उपर छानविन गरि निर्णय गर्ने र ५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यसूचि रहेको प्रमुख निर्वाचन अधिकृत कुमारी खरेलले जानकारी दिएकी छन्।भने,साँझ ६:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको उनको भनाई छ ।
हेर्नुहोस् निर्वाचन कार्यतालिका :-

