
काठमाडौं ।ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता भएको छ ।
बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले हालै सम्झौता पत्रमा सयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकहरूले ट्राभल्सबाट विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल छुट लगायतका अवसर पाउने बताइएको छ ।त्यसैगरी ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु ५०० बराबरको स्पेशल छुट लगायत अन्य विभिन्न सेवामा अफरहरू प्राप्त गर्ने बैंकले जनाएको छ ।
सम्झौतापछि बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले गुरू ट्राभल्ससँगको सहकार्यले दुबै पक्षलाई व्यवसयीक सफलता प्राप्त हुने र आफ्ना सेवाग्राहीहरुलाई पनि लाभ हुने भन्दै सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
