कावासोती नगरपालिकामा तोडफोड

पूर्वी नवलपरासी ।  नाला खन्ने क्रममा पुरिएर ३ जना महिलाको मृत्यु भएको विरोधमा स्थानीयले आज कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।

स्थानीय र मृतकका आफन्त शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। जसका कारण कावासोतीमा तनाव उत्पन्न भएको छ ।बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नाला खन्ने क्रममा पुरिएर कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।