एमाले संसदीय दलको बैठक शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक असार १ गते शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ  ।

एमाले दलको नेता समेत रहेका ओलीले असार १ गते शनिवार बस्ने गरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।