जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

तनहुँ।जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन्।

आँबुखैरेनी गाउँपालिका वडा नं.६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा उनीसहित ५७ वर्षीया मधु गुरुङ,९२ वर्षीय रणबहादुर गुरुङ,८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन्।