
मनिषा गुरुङ
काठमाडौं ।एकपटक देवर्षि नारदको मनमा संसारमा ठूलो को हो ? भन्ने जान्न उत्सुकता जागेछ।धेरै बेरको चिन्तन मनन पश्चात पनि तथ्य कुरा थाहा पाउन नसकेकाले विष्णु भगवान सामु जानु भएछ र आफ्नो मनोभाव विष्णु भगवानसामु व्यक्त गर्नु भएछ ।
नारदको यस्तो उत्सुकता देखेर भगवान विष्णु मुस्कुराउँदै भन्नु भएछ – ‘हे नारद ! सबभन्दा ठूलो त यहि पृथ्वी देखिन्छ तर पृथ्वी भन्दा त समुन्द्र नै ठूलो हो । फेरी सम्पुर्ण समुन्द्र त अगस्त्य ऋषिले पिइदिएका थिए।भनि नारदले भने।अतः समुन्द्र कसरी ठूलो हुन सक्छ ? समुन्द्र भन्दा त अगस्त्य ऋर्षि ठूला भए तर अगस्त्य ऋषि त अनन्त आकाशको एक सिमित क्षेत्रमा केबल जुनकीरिसरह तारा बनेर चम्किरहेका छन्।यसैले उनि पनि ठूला भएनन् ।
उनीभन्दा त आकाश नै ठूलो भयो ।तिमीलाई थाहा छ वामन अवतरमा मैले सम्पुर्ण आकाश एकै फट्कामा नापिदिएको थिएँ ।तर म सबैभन्दा ठूलो किन छैन भने म त तिम्रो हृदयको एक अंगुष्ठ क्षेत्रमा सदासर्वदाको निम्ति अवरुद्ध छु ।अतः यस कुराबाट यहि थाहा हुन्छ कि नारद ! तिमी नै सबै भन्दा ठूला हौ।’
भक्तको कत्रो महिमा ! – प्रेरणै प्रेरण
फोटो स्रोत –ऐना आर्ट
