
काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका कतिपय भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
त्यस्तै आज दिउँसो पनि दिनभरजसो नै कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी,मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भने,कोशी र मधेश प्रदेशका केही स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।
उता राति पनि कोशी,मधेश,बगमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी,मधेश,बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसर्थ गेग्रान, बहाव,बाढी,पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ।
