सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए भएको छ ।

साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् ।

नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।अब काँग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए ।