बढ्यो सुनको मूल्य

२५ साउन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।