रियलले जित्यो यूईएफए सुपर कप

३१ साउन,काठमाडौं।यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। उसले गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो।

यो उसको छैंठौं उपाधि हो। पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै सिजन रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे।

खेलमा युरोपेली च्याम्पियनका लागि फेड भाल्भेरडेले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेका थिए।

खेलपछि एमबापले आफ्नो सपना पूरा भएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए।प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले रियलका लागि १४ औं उपाधि पनि जितेका छन्।