
५ भदौ,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन् ।
सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताइन् ।जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरू सम्मानका हकदार भएको उनको भनाइ थियो ।
“महिला प्रहरीहरूलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भनिन्।
