कोशी प्रदेशसभाको बैठक १४ भदौमा बोलाइयो

विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ भदौमा बस्ने भएको छ । मंगलबार प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक १८ भदौमा बोलाएको सूचना जारी गरेको थियो । लगत्तै अर्को सूचना जारी गर्दै प्रदेशसभा बैठक १४ भदौमा बोलाएको जानकारी दिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका छन्, जसमा बैठक १४ भदौ १ बजे बोलाएको उल्लेख छ ।

सरकारको चाहना अनुसार सभामुख अम्बरबहादुर विष्टले संसद बैठक नबोलाएको भन्दै विरोध भएपछि सभामुखले बैठकको मिति १० दिन पछाडिका लागि तोकेका हुन् । ८ असारमा बजेट पास भएपछि स्थगित भएको प्रदेशसभा दुई महिनासम्म बस्न सकेको छैन ।