नारायणगढ(मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।

भरतपुर महानगरपालिका(२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१(००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भकाए छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ ।