काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्नेछ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।