काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए

सीता पौडेल(अर्चना)

१२ भदौं,काठमाडौं ।काठमाडौं उपत्यकामा नेकपा (एकीकृत समाजवादी)का १ सय ६० जना नेता–कार्यकर्ताहरु पुनः नेकपा एमालेमै फिर्किएका छन् ।

बुधबार नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमालेमा समाहित भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी छोडेर पुनः पुरानै पार्टी एमालेमा फर्किएका उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश इन्चार्ज राजन भट्टराई र पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राई र एमाले काठमाडौंका अध्यक्ष दिपक निरौंलाको विशेष पहलमा पुरानै पार्टी फर्किका उनीहरुको पार्टी सदस्यता पनि पुरानै कायम हुने र सोही अनुसारले निरन्तरता दिइने बागमती प्रदेश इन्चार्ज भट्टराईले बताएका छन्।साथै उनले कारणबस वा भुलचुकमा पार्टीबाट टाढा भएको भए तापनि विगतबाट पाठ सिक्दै अघि बढ्न् पनि आग्रह गरे ।

उनले भने,‘वास्तवमा तपाईहरुले बाटो बदल्न खोज्दा हराउनु भयो होला वा विदामा बस्नु भयो होला,वा केही समय विश्राम लिनु भयो होला, जे सम्झनुहोस् । तपाईं आ«फ्नै घर फर्किनु भएको हो ।’  ‘अब विगतबाट पाठ सिकेर त्यसमा नरुमलिकन अघि बढ्नु जरुरी छ ।’ उनले भने ।उनले यो एक शुरुवाती चरण मात्र रहेको भन्दै सिंगो बागमती प्रदेशमा अन्य पार्टी छाडेर एमाले प्रवेश गर्ने अभियान नै चलाइने उद्घोष समेत गरे ।

त्यस्तै कार्यक्रममा पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले  बलियो पार्टी बनेर एमाले अगाडि आउँने क्रममा विगतदेखि नै पार्टी फुटाउने संस्कार हावी भएको तर एमालेका नेता कार्यकर्ताको इमान्दारीता र लगाबका कारण नेकपा (एमाले) पार्टी दोस्रो ठूलो र जनताको पहिलो पार्टी बन्न सफल भएको जिकिर गरे ।

आफूसँगै आफ्ना कार्यकर्ताहरुलाई पुनः एमालेमै समाहित गर्न प्रमुख नेतृत्वदायी भूमिका खेलेका नेता द्धय उपाध्यक्ष न्यौपाने र सचिव थापाले पार्टी प्रवेशपश्चात पार्टीबाट करिब डेढ वर्ष टाढा हुँदाको तीतो अनुभव साझा गर्दै यस परिवेश सृजना हुनुमा आफुहरु स्वयं र अग्रज नेताहरुको  पनि भूमिका रहेको टिप्पणी गरे ।

साथै उनीहरुले यस प्रकारको गलत निर्णयले सिंगो पार्टीसँगै स्वयंलाई पनि क्षति पुगेको भन्दै आगामि दिनमा यस्तो गल्ती नदोहो¥याउने र एमालेलाई १ नं  पार्टी बनाएर क्षतिपूर्ति पुरा गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा उनीहरुले आफ्नो गल्तीलाई औंल्याइदिएर सम्झाई बुझाई आफ्नै मुल घरमा फर्किन प्रेरित गरेको भन्दै  पोलिटव्युरो सदस्य कृष्ण राई र अध्यक्ष दिपक निरौलाको खुलेर प्रसंसा गरे ।भने,नेकपा एसमा बाँकी रहेका अन्य नेता कार्यकर्ताहरुलाई समेत मूल घर(एमाले)मै फर्काउन पहल गर्ने बताए। 

बाटो विराएर नेकपा एसतिर बरालिन पुगेका उनीजस्ता थुप्रै नेता कार्यकर्ताहरु एमाले मै फर्किने आशमा बसेका हुनाले उनीहरुको मनोभावनामा ठेस नपुग्ने गरि वातावरण तयार गरिदिन आग्रह गर्दै सबैले यस प्रकारको अपेक्षा राखेको बताए ।

बाटो विराएर अर्कै पार्टीतिर पुगेका उनीहरुलाई एमालेमै फर्किन पहल गरेका एमाले पोलिटव्युरो सदस्य कृष्ण राई र जिल्ला अध्यक्ष दिपक निरौलाले  उनीहरुलाई  फर्काउन लामो समयदेखि सम्झाई बुझाइ गर्दै आएका कारण पार्टीमा फर्किने वातावरण बनेको बताए ।

उनले शुभकार्यका लागि कुनै समय नहुने भन्दै ढीलै भएपनि पार्टीमा समाहित भएकोमा खुशी व्यक्त गर्दे बधाई तथा राजनीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरे ।

 केही समयका लागि बिहिबार विदेश जान लागेका नेता न्यौपानेले विशेष कारणवस सो पार्टी प्रवेशको कार्यक्रममा उपस्थित हुन नसकेका नेता–कार्यकर्ताहरुलाई छिट्टै क्षेत्रीय स्तरमा कार्यक्रम राखेर स्वागत गरिने तयारी भएकोसमेत उद्घोष गरे ।

 

साथै सो पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केही युवा नेता तथा कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेको काठमाडौं जिल्ला कार्यालय प्रमुख विकास चालिसेले जानकारी दिए ।