प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

१३ भदौँ,  काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको बिहीबार अनावरण गरेका छन् । ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमा एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन्