सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

१४, भदौं काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । उनले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएको छ ।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने भएको छ । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।