
६, असोजव काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यस पटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रदर्शनी सुरु गरिएको हो ।
शनिवार प्रदर्शनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्बिर, भिडियो प्रदर्शनीले कर्णाली प्रदेशको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिक रूपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।
प्रदर्शनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।



