दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

६, असोज काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको र व्यवसायीसहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ ।

मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।