
९, असोज काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ४९ दशमलव १८ अंकले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।
अघिल्लो दिन रु। पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ ।
कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर कारोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।
