
२८ असोज,काठमाडौं ।हाल देशमा अझै पनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।जसका कारण केही प्रदेशमा मौसम बदली भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी,सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशमा उक्त वायुको अझै पनि आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी,बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।उता रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
यस्तै भोली मङ्गलबार दिउँसो र राती पनि कोशी,बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
