रविका पार्टनर छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप,थप २० दिन हिरासतमा राख्न अदालतको आदेश

२ कार्तिक काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ ।

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । दशैका कारण अदालत बन्द भएपछि १७ गतेदेखि नै उनको म्याद थप हुन सकेको थिएन ।

असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी  जोशीलाई अहिले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।