१० कात्तिक,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाको) केन्द्रीय समिति बैठक बस्दै छ।हिजो शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक छलफलबाट आज शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको रास्वपाले जनाएको छ।
आज दिउँसो १ बजे बनस्थिलिस्थित पार्टी केन्द्रीय कार्यालयमा सो समितिको बैठक बस्न लागेको कार्यवहाक प्रवक्ता मनिष झाले बताएका छन् ।बैठकमा समसामयिक राजनीतिक गतिविधि,आगामी कार्यदेश र विविध विषयमा छलफल हुनुका साथै आन्दोलनको कार्यक्रमको स्वरूप बारे छलफल हुने र विवरण सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौंको माइतीघर क्षेत्रमा पनि प्रदर्शन गरेको थियो।
