
२६ कार्तिक,काठमाडौं ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार आदेश दिएको हो ।
कात्तिक २ गते पक्राउ परेका उनीमाथि छानबिनका लागि सरकारले पहिलोपटक ५ दिनको म्याद थप गरेको थियो ।भने दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
त्यस्तै तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
