
२८, मंसिर काठमाडों । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न चाहने व्यक्तिले विश्वविद्यालयद्वारा सञ्चालन गरिने योग्यता परीक्षण परीक्षामा उत्तीर्ण हुनुपर्ने भएको छ ।
‘विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा’ नाम दिइएको उक्त परीक्षा उत्तीर्ण हुने व्यक्तिले मात्रै प्राध्यापन सेवामा प्रवेश गर्नका लागि सञ्चालन गरिने अर्को परीक्षामा सहभागिता जनाउन पाउने छन् । यो परीक्षा उत्तीर्ण हुनेहरूले मात्रै त्रिवि अन्तर्गतका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसहरू र विभागमा प्राध्यापन सेवामा प्रवेश गर्न पाउने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए ।
उनका अनुसार हाललाई उक्त परीक्षा विश्वविद्यालयले नै कुनै संरचना खडा गरेर सञ्चालन गर्ने छ तर विश्वविद्यालय अनुदान आयोगले हाल अध्ययन गरिरहेको राष्ट्रिय योग्यता परीक्षण (नेसनल इलिजिबिलिटी टेस्ट) कार्यान्वयनमा आएपछि भने यो व्यवस्था स्वतः निष्क्रिय हुने शिक्षाध्यक्ष केसीले जानकारी दिए ।
