
१, पुस काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।
२०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।
सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।
