अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

२६, पुस काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ ।

खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए ।