बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

३ वैशाख, काठमाडौं । सरकारले शनिबार र आइतबार देशभर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने भएको हो ।

त्यसैगरि ६ महिनाभन्दा माथिका बालबालिकाहरुलाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । भने, नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाहरुलाई पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसका लािग सरकारले देशभरि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने जनाएको छ ।घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिनेछ ।