गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

५ वैशाख,काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ।

मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

शौचालय गएर फर्कने क्रममा चौधरी माथि गोली प्रहार भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अहिले उनको अवस्था खतरामुक्त छ।