१७ नगरपालिकामध्येमा कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका,भयो सम्मानित

२१ साउन,बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैङ्कले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो ।

तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रेको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सो नगरपालिकालाई सम्मान गरको हो ।

गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्रे थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ ।

तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयन गरकोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरेका हुन् ।