गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने समेत स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशन छिट्टै गरिने प्रतिक्रिया दिए।