
सीता पौडेल
काठमाडौं । सूचना प्रविधिका माध्यमबाट मानिसको दिमागले ग्रहण गर्ने, छान्ने वा बुझ्ने क्षमताभन्दा बढी मात्रामा सूचना तथा जानकारीको बाढी आउनुलाई इन्फरमेशन ओभरलोड भनिन्छ । यसले कुन सूचना सही अथवा उपयोगी हो र कुन गलत, हो भनेर छुट्याउन नसक्ने स्थिति सृजना गरिदिन्छ ।
काठमाडौं । सूचना प्रविधिका माध्यमबाट मानिसको दिमागले ग्रहण गर्ने, छान्ने वा बुझ्ने क्षमताभन्दा बढी मात्रामा सूचना तथा जानकारीको बाढी आउनुलाई इन्फरमेशन ओभरलोड भनिन्छ । यसले कुन सूचना सही अथवा उपयोगी हो र कुन गलत, हो भनेर छुट्याउन नसक्ने स्थिति सृजना गरिदिन्छ ।
इन्फरमेशन ओभरलोडले हाम्रो फोकस, निर्णय क्षमता र विश्वासलाई कमजोर बनाइदिन्छ ।आमसञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग वा सूचना महामार्गबाट हजारौं लाखौं सूचनाहरु एकै चोटी बग्ने हुनाले पनि इन्फरमेशनको ओभरलोड हुने गर्दछ।
विभिन्न आन्दोलन,क्रान्ति र द्वन्द्वका बेला सूचनाको बाढी आउँछ ।सूचनााको महामार्गबाट वास्तविकता र अफवाह दुवै छिट्टै फैलिन्छ। प्रचार–प्रसार र प्रतिप्रचार वा एक पक्षले आफ्नो विचार ,सिद्धन्त र नारालाई बलियो बनाउन प्रयोग गर्छ भने अर्को पक्षले अर्काको खण्डन गर्छ।जसले सुचनाको ओभरलोड गराउँदछ ।
यस्तै नागरिक पत्रकारिताको प्रयोगसँगै द्वन्द्व वा आन्दोलनमा भावनात्मक र अफवाहयुक्त समाचार ,हल्ला, अतिरञ्जित गरिएका सूचना र समाचारजन्य सामाग्रीहरु छिट्टै भाइरल हुन्छन।यसो हुनुमा प्रविधिको सहज एवम् सुलभ विश्वव्यापी पहुँच हो ।
इन्टरनेटमार्फत स्थानीय घटना तुरुन्तै अन्तर्राष्ट्रिय समुदायमा पुग्ने हुँदा पनि सूचनाको ओभरलोड हुने गर्दछ।
सस्तो इन्टरनेट र स्मार्टफोनले लाखौं मानिसलाई सूचना उत्पादक र उपभोक्ता दुवै बनाएको छ । सूचना साझा गर्ने पनि सजिलो बनाइदिएको छ ।सामाजिक सञ्जालको अल्गोरिदमले पनि यसमा थप बल पु¥याएको छ ।
क्रान्ति वा द्वन्द्वको बेला प्रविधिको प्रयोगले सूचना प्रवाह नियन्त्रण भन्दा बाहिरिन्छ र “सूचनाको ओभरलोड” वा “सूचनाको बाढी”को अवस्था सिर्जना हुन्छ।आन्दोलनको खबर छिट्टै फैलिन्छ।कतै आन्दोलन सफल भएको, कतै गोली चलाएको, नेताहरू पक्राउ परेका वा भागेका भन्ने हल्ला र अगजानी भएका खबर छिट्टै फैलिन्छन्।यसले जनता र आन्दोलनकारीको मनोबल बढाउने वा त्रास फैलाउने दुवै किसिमको प्रभाव पार्दछ ।
खासगरी सेप्टेम्बर ८ मा भएको भ्रष्टाचार विरोधी जेनजी आन्दोलनपछि समामाजिक सञ्जाल टिकटक र लाइभ भिडियो हुँदै सूचना तुरुन्तै विश्वव्यापी भए।
यसले सचेतना र जनसहभागिता मात्रै बढाएन,अफवाह र ध्रुवीकरण पनि ग¥यो ।
सूचना प्रवाहको यो डिजिटल युगमा, द्वन्द्व र आन्दोलनका बेला सूचनाको महामारी नै फैलिन्छ—सत्य र अफवाह छुट्याउन गाह्रो हुन्छ।
सूचनाको महामारीले मानिसलाई एकातिर सचेत बनाउँछ, तर अर्कातिर भ्रमित पनि।जेनजी आन्दोलन र यसपश्चात अहिले सत्य सूचना मात्रै नभएर गलत र भ्रामक सूचना तथा समाचारहरु आइरहेका छन् ।
मिसइन्फर्मेशन र डिसइन्फर्मेशनबाट फैलाइएको प्रचारले द्वन्द्वलाई अझै उचाल्छ।आन्दोलनलाई भनै चर्काउँछ भने मान्छेलाई भ्रममा पारेर आफ्नो स्वार्थको रोटी सेक्नेहरुलाई सलबलाउन सजिलो बनाएको हुन्छ ।तसर्थ सामाजिक सञ्जालमा आएका यस्ता सूचनाहरुलाई चिन्न र पर्गेल्न सत्यको आँखाले देख्न पर्छ,सत्यको कानले सुन्न पर्छ र सत्य कै नाकले सुघ्न सक्नु पर्ने हुन्छ ।
सुचनाको ओभलोड कसरी हुन्छ ?
राजनीतिक वा विचारधारात्मक लाभका लागि,
विपक्षीलाई कमजोर देखाउन वा भिडलाई भावनात्मक रूपमा उकास्नने नियत राखेर पनि सम्प्रेषण गरिएका हुन्छन् । साथै सामाजिक सञ्जालका अल्गोरिदम र तुरुन्तै शेयर गर्ने बानीले थप बल पु¥याएको हुन्छ ।
यसबाट कसरी बच्ने त ?
सत्य र अफवाह छुट्याउने ,स्रोत जाँच्ने, एउटै खबरलाई कम्तीमा दुई ठाउँबाट पुष्टि गर्ने,भावनामा उकास्ने सामग्रीलाई आलोचनात्मक नजरले हेर्ने।
डिजिटल प्लेटफर्मले युवालाई तुरुन्तै जोड्जने र आवाजलाई सशक्त बनाउने गरेपनि यसमा अफवाह र गलत प्रचारले आन्दोलन भित्रै ध्रुवीकरण पनि बढाउँछ । जुन सेप्टेम्बर ८ को जेनजी आन्दोलनका क्रममा भएको छ । विभिन्न कालखण्डमा भएका क्र्रान्ति र आन्दोलनमा पनि यस प्रकारको स्थिति भएका थिए ।
सूचनाको महामारी रोक्ने उपाय भनेको—सचेत नागरिक, आलोचनात्मक सोच र सत्यप्रति प्रतिबद्धता नै हो ।
सूचना प्रवाहको यो डिजिटल युगमा, द्वन्द्व र आन्दोलनका बेला सूचनाको महामारी फैलिंदा सत्य र अफवाह छुट्याउन गाह्रो हुन्छ तर
सचेत नागरिकले मात्रै सत्यलाई बचाउन सक्छ।
इतिहासले देखाएको छ—सूचनाले आन्दोलनलाई आकार दिन्छ।
तर, सत्य सूचनाले मात्र राष्ट्रलाई सही दिशा दिन्छ।
सत्य चिन्नु, सत्य बोल्नु , सत्यकै आधारमा कार्य गर्नु र वर्तमान विषम परिस्थितिबाट देशलाई निकाश दिनु हामी सबै सचेत नेपालीको जिम्मेवारी र कर्तव्य हो ।
