रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

१ चैत, काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।

समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाको भनाई छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने रास्वपाको तयारी छ ।