तारकेश्वर–६ मा एक बृद्ध मृत फेला

९ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक स्थायी घर भई हाल कातारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका अनुसार, उनी आफ्नै कोठामा आज सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।