आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

११ चैत,काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

रामनगर गाउँपालिका–१ महादेव टोलका स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा आगो सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिए ।

उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, र आगो लागेर ठूलो क्षति भएको हो ।’