
१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह( बालेन) र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रम मार्फत सरकारले कृषि एवं लघु,साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने घोषणा गरेको छ।
नवप्रवर्तन,उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेको छ ।
शिक्षा प्रणालीलाई उत्पादन,उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्ने ,प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार–केन्द्रित शिक्षामा जोड दिने,स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनःसंरचना मार्फत स्वास्थ्य सेवामा नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गर्ने,सबै नेपालीको जीवनस्तर उकास्ने पनि वास्तविक सामाजिक गतिशीलताका लागि कदम चाल्ने सरकारको नीति तथा कार्यक्रम छ ।
