
५ जेठ,काठमाडौं । सुनचाँदीको भाउ बढेको छ ।अघिल्लो दिनको तुलनामा आज मंगलबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
