
२० जेठ, काठमाडौं । महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस थप सन्चालनमा आएको हो ।
उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको ३३ सिट क्षमताका सो बसमा एकै पटक ७० जना यात्रीले यात्रा गर्न सक्ने छन् ।उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ छ ।
महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।थप सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको बताए।
सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसाबमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय बस सञ्चालनमा जान सुझाव पनि दिएका छन् ।
