
३१ भदौं, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ,ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
रातिको समयमा समेत फ्लड लाइटको व्यवस्था गरेर निर्माण भइरहेको र बाँकी काम आज बुधबार बेलुकासम्म सम्पन्न हुने कार्यालयले जनाएको छ ।
