
१ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।
गत २२ भदौदेखि आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो ।
सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन – नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक खुला गरिएको हो।
कृष्णभिरमा सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन भरतपुरले तुइनखोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गरिरहेको थियो।
स्लोप स्टेबिलाइजेसन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भइनसकेकाले पनि कार्यालयले जनाएको छ।
