
६ असोज,पोखरा । पोखराको फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ ।
सोमबार सात दिनभित्र फिर्केको खोलाघर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपिल गरेको हो ।
फिर्केमा खोलाको वहाव नै छेकेर सयौं संरचना बनाइएका छन् ।
तोकिएको समयभित्र संरचना नहटाए भत्काइदिने चेतावनी महानगरले दिएको छ । महानगरले भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने मेयर धनराज आचार्यले बताएका छन् ।
महानगरपालिकाले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थित सहर बनाउन खोला मिचेर बनाइएका कुनै पनि संरचना बाँकी नराख्ने अडान दाबी गरेको छ ।
